रोकिएन नेप्से घट्ने क्रम, सोमबार पनि घट्यो नेप्से

0
30

काठमाडौं, फागुन २८ । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार परिसुचक नेप्से घटेको छ । निकै उतारचढावका बीच नेप्से ७ दशमलव ०८ अंकले घटेर १ हजार २ सय ७७ दशमलव ०१ अंकको बिन्दुमा पुगेको छ । आइतवार पनि नेप्से ३१ दशमलव ०४ अंकले घटेको थियो ।

परिसुचकसँगै सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ३२ करोड ७ लाख २७ हजार ४ सय ८५ रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार १५४ कम्पनीको ३१ करोड ३१ लाख ६५ हजार ९१६ रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

यसदिन कारोबारमा आएका समुह मध्ये उत्पादन बाहेक सबै समुहमा गिरावट आएको छ ।