दुर्घटनाअघि एयर ट्राफिक र पाइलटबीच यस्तो कुराकानी भएको थियो (अडियोसहित)

    0
    19

    काठमाडौं, फागुन २८ । काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकले उत्तरतिरबाट अवतरण गराएका थिए ।

    अन्तर्राष्ट्रिय उडानका विमान प्रायः दक्षिणतर्फ अर्थात कोटेश्वरतिरबाट अवतरण गराउने भए काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकले उत्तरतिरबाट र्थात जोरपाटीतर्फबाट अवतरण गराएका थिए ।

    ‘एयर ट्राफिक कन्ट्रोलर एटिसीले विमानलाई दक्षिणबाटै अवतरण गराउन भने पनि चालकले उत्तरतिरबाट अवतरण गराउछु भने छन्’ विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले भने ‘त्यसपछि एटिसीले उत्तरतिरबाटै अवतरण गराउन अनुमति दिएको जानकारी पाएको छु ।’ कुराकानीमा पटक-पटक एयर ट्राफिकले गलत दिशाबाट अवतरण नगराउन पाइलटलाई सावधान गराएका छन् ।

    विमान उत्तरतिरबाट अवतरण गरेकै कारणले दुर्घटनामा परेको भन्न नसकिने बताइएको छ । ३३ नेपालीसहित ७१ जना सवार विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर नजिकैको फुटबल मैदानमा पुगेर आगो लागेको थियो ।