बिहिबार घट्यो सुनचाँदीको मूल्य

0
11

काठमाडौं, चैत १ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक सयले घटेको छ ।

बुधबार सुनको मूल्य प्रतितोला ५७ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार भने घटेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, चादीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएकोमा बिहीबार घटेर ७ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भैरहेको छ ।